पंचामृतका अनेक फाइदा

नेपालभ्युज

पंचामृतका अनेक फाइदा

एजेन्सी । हिन्दु धर्ममा पूजा गरेपछि भगवानलाई पंचामृतको भोग लगाउने गरिन्छ । यो पंचामृतलाई पछि प्रसादको रूपमा सबैले ग्रहण गर्छन् । यो खानमा एकदमै स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

पंचामृत पाँच चीज मिसाएर बनाइन्छ । यो बनाउन घ्यूको प्रयोग हुन्छ । घ्यूमा एन्टीअक्सीडेन्ट गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ र ‘ई’को राम्रो मात्रा पाइन्छ ।

पंचामृत बनाउन मह पनि राखिन्छ । मह पाचनप्रणालीका लागि राम्रो हुन्छ । यसले कब्जियत र अपच जस्तो समस्याबाट बचाउँछ ।

पंचामृतमा मिश्री वा शखरको प्रयोग गरिन्छ । यसले शरीरमा ऊर्जा ल्याउने काम गर्छ ।

पंचामृत बनाउन प्रयोग हुने दहीमा गुड ब्याक्टेरिया हुन्छन्, जसले आन्द्राको स्वास्थ्यलाई राम्रो बनाउँछन् ।

पंचामृत पिउँदा अनुहारमा प्राकृतिक चमक आउँछ । साथमा ड्यामेज भएको छालालाई सही पनि बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved