कोशी, गण्डकी र बागमतीमा वर्षा, बाँकी भेगमा आंशिक बदली

नेपालभ्युज

कोशी, गण्डकी र बागमतीमा वर्षा, बाँकी भेगमा आंशिक बदली
सांकेतिक तश्वीर

काठमाडौं । कोशी प्रदेश, मधेस, बागमती र गण्डकीमा पुर्ण बदली भएको छ ।

बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थान तथा बागमती प्रदेशको केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती भने कोशी , मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही एक दुई स्थानमा वर्षा हुनेछ भने बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

पूर्वी भू–भागमा सक्रिय रहेको मनसुनी प्रणाली विस्तारै पश्चिम तर्फ सक्रिय भएपछि वर्षा सुरु भएको हो ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा २३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै धरानमा १४४ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved