सांसदले उठाएका प्रश्नको आज मन्त्रीहरुले जवाफ दिने

नेपालभ्युज

सांसदले उठाएका प्रश्नको आज मन्त्रीहरुले जवाफ दिने

काठमाडौं । सम्बन्धित मन्त्रीहरुले आज सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले संसदमा जवाफ दिने भएका हुन् ।

विनियोजन विधेयकका विभिन्न शिर्षकमा भएको छलफलका क्रममा उठेका विषयमा मन्त्रीहरुले जवाफ दिने कार्यसूची राखिएको छ ।

बिहान ११ बजे बस्ने संसदको पहिलो बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।

कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तंगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved