रोहितसँग झगडा गर्ने बंगलादेशी बलर सकिब परे आईसीसीको कारबाहीमा

नेपालभ्युज

रोहितसँग झगडा गर्ने बंगलादेशी बलर सकिब परे आईसीसीको कारबाहीमा

काठमाडौं । टी–२० विश्वकपमा नेपाल र बंगलादेश विरूद्धको म्याचमा झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीले कारवाही गरेको छ ।

फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो । सकिब सो खेलमा म्यान अफ द म्याचसमेत बनेका थिए ।

नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए ।

उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो । तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ ।

आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन ।

दुई खेलाडीबीचको नोकझोक टेलिभिजन लाइभमा पनि देखिएको थियो । तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेको देखिएको थियो ।

सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved