राष्ट्रपति पौडेल आज स्वदेश आइपुग्दै, भ्रमण फलदायी भएको प्रतिक्रिया

नेपालभ्युज

राष्ट्रपति पौडेल आज स्वदेश आइपुग्दै, भ्रमण फलदायी भएको प्रतिक्रिया

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कदै छन् । स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर पौडेल स्वदेश फर्कन लागेका हुन् । पौडेल बिहान सवा ९ बजे काठमाडौं आइपुग्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

जर्मनी सरकारको औपचारिक निमन्त्रणमा उनी बर्लिन पुगेका थिए । जर्मनीमा रहदा राष्ट्रपति पौडेलले समकक्षी फ्रयाङ्क वाल्टर स्टाइनमायरसँगै मैत्रीपूर्ण भेटघाट गरेका छन् ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको हो ।

यसअघि स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई गत जेठ ३१ गते राष्ट्रपति पौडेलले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

पौडेल जर्मनीको बर्लिनबाट स्वदेशतर्फ प्रस्थान गरिसकेको जर्मनस्थित नेपाली दुतावासले जनाएको छ । उनी कतारको दोहा हुँदै नेपाल आइपुग्नेछन् । राष्ट्रपति पौडेललाई बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेका थिए ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलेको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

उनी गत जेठ २९ गते विदेश उडेका थिए । पौडेलका परराष्ट्र सल्लाहकार डा सुरेशराज चालिसेले यो भ्रमणले बदलिँदो परिवेशमा नेपालको सम्बन्ध विश्व स्तरमा विस्तार र सुदृढ गर्न महत्वपूर्ण सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन् ।

चालिसेले भ्रमण सफल तथा फलदायी भएको दाबी गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved