निजामति सेवामा कर्मचारीको आकर्षण घट्दो, वर्षेनी सयौंले राजीनामा दिदै हिड्न थाले

नेपालभ्युज

निजामति सेवामा कर्मचारीको आकर्षण घट्दो, वर्षेनी सयौंले राजीनामा दिदै हिड्न थाले

काठमाडौं । विभिन्न कठिन परीक्षा उत्तिर्ण गरेर निजामति सेवामा प्रवेश गरेका सरकारी कर्मचारीले समेत धमाधम जागिर छाड्ने गरेका छन् ।

यो वर्ष मात्रै झण्डै साढे ६ सयले सरकारी जागिर छाडेका हुन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ६ सय ३५ कर्मचारी कार्यकाल नसकिदै राजीनामा दिएर हिडेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ ।

सेवा अवधि लामो रहेका कर्मचारीले समेत धमाधम जागिर छोड्नुको कारण भने सम्बन्धित निकायसँग छैन । प्रहरी र सेनाका कर्मचारीले जागिर छाड्नु नौलो नभएपनि निजामति सेवाबाट समेत जागिर छाड्नेको संख्या बढ्नुले धेरै प्रश्नहरु उठाएको छ ।

गहिरो अध्ययन र अथक परिश्रममार्फत निजामति सेवामा प्रवेश गरेकाहरुले पूरै अवधि जागिर नखाँदै किन बीचैमा छोडे भन्नेबारेमा सरकारी निकाय भने अनविज्ञ छ ।

निजामती सेवामा ५८ वर्ष उमेरसम्म जागिर खान पाइन्छ तर कर्मचारीहरु समय रहदै जागिर छाडिरहेका छन् । गत ११ महिनामा १८ सय १२ कर्मचारीको भने उमेर हदका कारण अवकाश भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved