आजदेखि सुपर ८ का खेल सुरु हुँदै, पहिलो खेलमा अमेरिका र दक्षिण अफ्रिका भिड्ने

नेपालभ्युज

आजदेखि सुपर ८ का खेल सुरु हुँदै, पहिलो खेलमा अमेरिका र दक्षिण अफ्रिका भिड्ने

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आजदेखि सुपर ८ का खेलहरु हुँदै छन् । सुपर ८ को पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्ने छन् ।

यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे हुने छ ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका आज पहिलो पटक खेल्न लागेका हुन् ।

दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण छ । सुपर आठको समूह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङल्याण्डसँग एक एक खेल खेल्ने छन् ।

शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्दा दुई टोली भने बाहिरिनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved