उत्तर कोरियामा पुटिनको भव्य स्वागत, आज औपचारिक वार्ता

नेपालभ्युज

उत्तर कोरियामा पुटिनको भव्य स्वागत, आज औपचारिक वार्ता

काठमाडौंमा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियामा भव्य स्वागत भएको छ ।

दुई दिने दिने राजकीय भ्रमणका लागि प्योङयाङ पुगेका पुटिनलाई स्वागत गर्न नेता किम जोङ उनले विमानस्थलमै पुगेका थिए ।

२४ वर्षपछि पुटिन उत्तर कोरिया पुगेका हुन् ।

यसअघि सन् २००० मा राष्ट्रपति पद सम्हालेको केही समयमै पुटिन पहिलो पटक प्योङयाङ पुगेका थिए ।

पुटिनको भ्रमण टोलीमा विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री एन्ड्रेई बेलुसोभ, प्रथम उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, पारवहनमन्त्री लगायत उच्च पदस्थ अधिकारीको टोली सहभागी छ ।

उत्तर कोरिया भ्रमणका क्रममा दुई देशबीच रणनीतिक साझेदारी सन्धिका साथै अन्य सहयोग सम्झौतामा हस्ताक्षर हुने बीबीसीले जनाएको छ ।

पुटिनले आज समकक्षी किमसँग ओपचारिक भेटवार्ता गर्नेछन् । पुटिनले उत्तर कोरियाका संस्थापक किम इल सुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved