संसद् भवनमा ड्यूटीमा रहेका प्रहरी जवानले गरे गोली हानी आत्महत्या

नेपालभ्युज

संसद् भवनमा ड्यूटीमा रहेका प्रहरी जवानले गरे गोली हानी आत्महत्या

काठमाडौं । सङ्घीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले गोली हानी आत्महत्या गरेका छन् ।

दोलखा घर भएका २२ वर्षीय अजीत गोलेले शौचालयमा गएर आफैँलाई गोली हानेका हुन् । गोले  नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भइ सङ्घीय संसद् सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।

उनले करिब ८ बजेतिर आफूले बोकेको इन्सास राइफलले निधारमा गोली हानेका थिए । उनी संसद् भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत फेला परेका थिए ।

उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved