छाउगोठमा बसेकी किशोरी बलात्कृत, मामा नाता पर्ने किशोर प्रहरी नियन्त्रणमा

नेपालभ्युज

छाउगोठमा बसेकी किशोरी बलात्कृत, मामा नाता पर्ने किशोर प्रहरी नियन्त्रणमा

काठमाडौं । अछामको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकका अनुसार मामा नाता पर्नेबाट किशोरी बलात्कृत भएकी हुन् ।

किशोरी बेहोस अवस्थामा भेटिएपछि प्रहरीले उनको उद्दार गरेको थियो । किशोरीको बयान अनुसार मामा नाता पर्ने १७ वर्षिया किशोरलाई पक्राउ गरिएको हो ।

किशोरीले आफुमाथि सामूहिक बलात्कार भएको बयान दिएकी छन् । मुख र आँखा बन्द गरिदिएकाले अन्य व्यक्ति नचिनेको किशोरीको बयानमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved