साताव्यापी भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति

नेपालभ्युज

साताव्यापी भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं । साता लामो विदेश भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेठ २९ गते स्वीट्जरल्याण्डको जेनेभा गएका थिए ।

जेनेभाबाट जर्मनी गएका राष्ट्रपति पौडेल बिहान स्वदेश आइपुगेका हुन् ।

पौडेलको स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन पुगेका थिए । जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा पौडेलले जर्मनीको औपचारिक भ्रमण गरेका हुन् ।

पौडेलका परराष्ट्र सल्लाहकार डा सुरेशराज चालिसेले राष्ट्रपतिकोे भ्रमणले बदलिँदो परिवेशमा नेपालको सम्बन्ध विश्व स्तरमा विस्तार र सुदृढ गर्न महत्वपूर्ण सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन् ।

चालिसेले भ्रमण सफल तथा फलदायी भएको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved