संसद् भवनमा गोली हानी आत्महत्या गरेका गोलेको शव पोस्टमार्टमका लागि टिचिङ लगियो

नेपालभ्युज

संसद् भवनमा गोली हानी आत्महत्या गरेका गोलेको शव पोस्टमार्टमका लागि टिचिङ लगियो

काठमाडौं । सङ्घीय संसद् भवनभित्र गोली हानी आत्महत्या गरेका नेपाल प्रहरीका एक जवानको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगंज पठाइएको छ ।

बुधबार बिहान दोलखा घर भएका २२ वर्षीय अजीत गोलेले शौचालयमा गएर आफैँलाई गोली हानेका थिए । गोले संसद् भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत फेला परेका थिए ।

मृतकका आफन्तको उपस्थितिमा मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved