सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदी घट्यो

नेपालभ्युज

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य दुई दिनदेखि स्थिर रहेर तोलाको १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved