संसदमा कर्मचारीको आन्दोलन जारी, कालोपट्टी बाँधेर धर्नामा (तस्वीरहरू)

संसदमा कर्मचारीको आन्दोलन जारी, कालोपट्टी बाँधेर धर्नामा (तस्वीरहरू)

काठमाडौं । कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक बस्न सकेको छैन । बिहान ११ बजे सुरु हुनुपर्ने बैठक अझैसम्म बस्न सकेको छैन ।

कर्मचारीहरू ११ बुँदे माग राख्दै आन्दोलनरत छन् । सङ्घीय संसद् सचिवालयका कर्मचारीहरू पनि त्यहीँ सामेल छन् । यसपछि संसद् बैठक पूर्वनिर्धारित समयमा बस्न नसकेको हो ।

यसअघि मङ्गलबारको बैठकमा पनि सभामुखको आसन वरिपरि सहयोगका लागि बस्ने कर्मचारीहरू थिएनन् । उनीहरू संसद् भवनअगाडि कालो पट्टी बाँधेर धर्ना बसेका थिए ।

आज पनि त्यसकै निरन्तरतामा कर्मचारीहरू छन् । उनीहरूले आफ्नो माग नि:सर्त सरकारले पूरा गर्नुपर्ने एकसूत्रीय माग राखेका छन् ।

आन्दोलनरत कर्मचारी धर्नामा, सभामुखलाई सहयोग गर्न समेत बसेनन् (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved