कप्तानबाट केन विलियम्सनको राजीनामा

नेपालभ्युज

कप्तानबाट केन विलियम्सनको राजीनामा

काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएपछि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले बुधबार क्रिकेट बोर्डलाई राजीनामा पत्र बुझाएका हुन् ।

साथै, विलियम्सनले सन् २०२४/२५ सिजनका लागि नयाँ केन्द्रीय सम्झौता गर्न पनि अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

३३ वर्षीय विलियम्सनले समर सिजनमाम विदेशी लिग खेल्न केन्द्रीय सम्झौता नगरेको बताए । त्यो समय बाहेक भने आफू न्युजिल्यान्डबाट खेल्न सधैं तयार रहने उनले जानकारी दिए ।

‘म टोलीलाई हरेक तरिकाले अगाडि बढाउन मद्दत गर्न मन पराउँछु र यसमा योगदान गरिरहन चाहन्छु। तर, म न्युजिल्याण्डको समरमा विदेशी लिगमा खेल्ने मौका खोज्दैछु त्यसैले म केन्द्रीय सम्झौता स्वीकार गर्न सक्दिनँ।’ विलियम्सनले भने ।

विलियम्सनले सन् २०१० देखि न्युजिल्यान्डका लागि १०० टेस्ट, १६५ एकदिवसीय र ९३ टी-२० खेल खेलेका छन्। उनले टेस्टमा ८७४३ रन, एकदिवसीयमा ६८१० र टी–२० मा २५७५ रन बनाएका छन् । यस बाहेक उनी कहिलेकाहीं बलिङ गर्दै पनि देखिन्छन् ।

विलियम्सन दायाँ हाते अफ स्पिनर हुन्। उनले टेस्टमा ३०, एकदिवसीयमा ३७ र टी–२० मा ६ विकेट लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved