इजरायलले ९२ हजार विदेशी कामदार लैजाने, सबैभन्दा धेरै कृषिमा

नेपालभ्युज

इजरायलले ९२ हजार विदेशी कामदार लैजाने, सबैभन्दा धेरै कृषिमा

काठमाडौं । इजरायलले कामदार अभावको समस्या समाधान गर्न ९२ हजार विदेशी कामदार ल्याउने निर्णय गरेको छ ।

इजरायलको प्रधानमन्त्री कार्यायलले मंगलबार सो निर्णय गरेको हो ।

कृषि, उद्योग, होटल र रेष्टुरेन्ट क्षेत्रका लागि विदेशी कामदार ल्याउन लागिएको द जेवीस प्रेसले जनाएको छ ।

जसमा कृषि मजदुरका लागि ७० प्रतिशत कोटा विशेष गरी छुट्याइएको छ । कृषि क्षेत्रमा ६५ हजार, उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना रहेका छन् ।

प्यालेस्टाइनसँगको युद्धका कारण इजरायलको कृषि क्षेत्रले उत्पादन र जनशक्तिमा ठूलो नोक्सानीको सामना गरिरहेको छ ।

रेस्टुरेन्टका लागि विदेशी कामदारहरूलाई अनुमति दिएको यो पहिलो पटक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved