२ लाख खर्च गरेर दुबई पठाएको प्रेमिकाले धोका दिएपछि प्रहरी जवानले आफैँलाई हाने गोली !

एकातिर सम्बन्ध बिग्रिएको अर्काेतिर पैसा खेर गएको उनमा चिन्ता रहेको परिवार स्रोतको भनाइ छ । सोही तनावले गोलेले आत्महत्या रोजेको देखिएको हुनसक्ने प्रहरीको पनि आकलन छ ।

नेपालभ्युज

२ लाख खर्च गरेर दुबई पठाएको प्रेमिकाले धोका दिएपछि प्रहरी जवानले आफैँलाई हाने गोली !
सांकेतिक स्केच

काठमाडौं । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आत्महत्या गरेका भनिएका प्रहरी जवान अजित गोलेको प्रेमिका सम्पर्कविहीन भएको परिवार स्रोतले जनाएको छ । सोही युवतीका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

जवान गोलेको नेपाल प्रहरीको कपनस्थित केन्द्रीय विशेष कार्यदलमा दरबन्दी थियो । उनी सङ्घीय संसद् सुरक्षा बेसमा कार्यरत थिए ।

दोलखा मेलुङ ४ घर भएका गोले काठमाडौं बस्थे । उनकी प्रेमिकालाई परिवारसँगै चिनजान गराएका थिए । मेलुङ ४ का वडाध्यक्ष सोमबहादुर बम्जन (लामा) का अनुसार प्रहरी जवान गोलेले पारिवारिक सहमतिमा नै विवाह गर्ने योजना बनाइसकेका थिए ।

वडाध्यक्ष बम्जनका अनुसार युवतीलाई आफ्नै खर्चमा दुबईमा काम गर्न पठाएका थिए । वडाध्यक्ष बम्जनले नेपालभ्युजसँग भने, “उनको परिवारको अनुसार भाइले दुई लाख बढी खर्च गरेर प्रेमिकालाई विदेश पठाएछन् । तर, उता गएपछि प्रेमिका विस्तारै सम्पर्कविहीन भइछन् । त्यो तनाव उनमा थियो रे !”

एकातिर सम्बन्ध बिग्रिएको अर्काेतिर पैसा खेर गएको उनमा चिन्ता रहेको परिवार स्रोतको भनाइ छ । सोही तनावले गोलेले आत्महत्या रोजेको देखिएको हुनसक्ने प्रहरीको पनि आकलन गरेको स्रोतले बताएको छ ।

गोलेको आफ्नै काका प्रदीप गोले पनि प्रहरीमै छन् । काठमाडौंमै दरबन्दी रहेको उनी प्रहरी नायब निरीक्षक (सई) हुन् । भतिजको आत्महत्यापछि परिवारसँगै प्रदीप गोले पनि शव बुझ्न शिक्षण अस्पताल गएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गोलेले पारिवारिक समस्या नै रहेको हुनसक्ने बताएको छ । प्रवक्ता एसपी नवराज अधिकारी भन्छन्, “पारिवारिक समस्याकै कारण आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । अनुसन्धान गर्दैछौँ,” उनले भने ।

गोले संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । बुधबार बिहान ८ बजे उनी मृत भेटिएका थिए । उनले आफैँले बोकेको राइफलले निधारमा फायर गरेको देखिएको प्रहरीले बताएको छ ।

प्रेमिकासँग विवाद भएको बेलामा गोलेले पटक–पटक  ‘मर्छु’ भन्दै म्यासेज पठाउने गरेको समेत भेटिएको छ ।
म्यासेन्जरमा प्रेमिकालाई भिडिओ कल गरेको समय र गोली चलेको समय एकै देखिएको छ । यसकारण उनले प्रेमिकालाई भिडिओ कल गरेरै आफूलाई गोली हानेको हुनसक्ने देखिएको छ ।

संसद् भवनमा गोली हानी आत्महत्या गरेका गोलेको शव पोस्टमार्टमका लागि टिचिङ लगियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved