दूग्ध किसानको भुक्तानी तत्काल गर्न बर्तौलाको आग्रह

नेपालभ्युज

दूग्ध किसानको भुक्तानी तत्काल गर्न बर्तौलाको आग्रह

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दूग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दूग्ध किसानहरुले पाउने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताए ।

संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरु लिएर आन्दोलन गरिरहेका किसानहरुमाथि प्रहरीले हस्तक्षेप गर्नु उचित नभएको उनको भनाइ छ ।

उनले किसानहरुको जायज मागलाई अविलम्व सम्बोधन गरी दूधको रकम भुक्तानी गर्न सरकारले ढिलाइ गर्न नहुने बताए ।

दूध किसानहरुले दूध बेचेको पैसा सरकारबाट २ अर्ब र निजी डेरीबाट करिव ३ अर्ब रहेको भन्दै उक्त रकम तत्काल उपलब्ध हुनुपर्ने बर्तौलाको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved