पूर्वराष्ट्रपतिले पार्टी सदस्यता नविकरण गर्न मिल्छ की मिल्दैन सरकारले जवाफ दिनुपर्छ : खतिवडा

नेपालभ्युज

पूर्वराष्ट्रपतिले पार्टी सदस्यता नविकरण गर्न मिल्छ की मिल्दैन सरकारले जवाफ दिनुपर्छ : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नविकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधान लिइरहन मिल्छ वा मिल्दैन भन्नेकुराको सरकारसँग जवाफ माग गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नविकरण गरेको भन्ने समाचारप्रति इंगित गर्दै पार्टी सदस्यता नविकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधान लिन मिल्छ वा मिल्दैन भन्नेबारे सरकारको जवाफ माग गरेका हुन् ।

राज्यले सोबारेमा के सोचेको छ ? भन्ने उनको प्रश्न थियो ।

उनले संविधानतः पार्टी सदस्यता नविकरण गर्न पाइन्छ की पाइँदैन भन्नेबारेमा सरकारले संसदलाई जवाफ दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved