शास्त्र अनुसार शरीरका यी ६ अंगमा कोठी हुनु अशुभको संकेत

नेपालभ्युज

शास्त्र अनुसार शरीरका यी ६ अंगमा कोठी हुनु अशुभको संकेत

काठमाडौं । सामुद्रिक शास्त्रमा कोठीको शरीरमा हुने शुभ र अशुभ प्रभावको बारेमा लेखिएको छ ।

कतिपय कोठीले मानिसको भाग्यको संकेत गर्छ भने कतिपय कोठी शुभ मानिदैँन । समुद्र शास्त्रका अनुसार मानिसको शरीरमा रहेका केही कोठी शुभ फल दिने र केही नकारात्मक कुराको संकेत गर्ने मानिन्छन् ।

आउनुहोस्, जानौं शरीरमा कुन–कुन ठाउँमा अशुभ फल दिने कोठीहरू छन्-

कान्छी औंला 

जसको कान्छो औंलामा कोठी हुन्छ, उसलाई धेरै धन मिल्छ तर, जीवनमा दु:खी रहन्छ । यस्ता व्यक्तिले जीवनमा केही संघर्षको सामना गर्नुपर्ने हुन्छ ।

बायाँ हात 

बायाँ हातमा कोठी हुनु व्यक्ति धेरै क्रोधित स्वभावको हुने संकेत गर्छ । त्यो व्यक्ति सजिलैसँग रिसाउँछ तर, सधैं मानिसहरूको न्याय गर्छ ।

ओठ 

ओठमा कोठी हुनुले व्यक्ति धेरै कामुक हुने संकेत गर्छ । साथै, ओठमा कोठी हुनु भनेको व्यक्तिको आर्थिक मामिलामा निरन्तर बिग्रने संकेत हो । यसको मतलब आर्थिक अवस्था अस्थिर रहनेछ ।

कान 

कानमा कोठी हुनु पनि शुभ प्रभावमा पर्दैन । कानमा कोठी हुनुले मानिसको छोटो आयुको संकेत गर्छ । यसका साथै स्वास्थ्यसम्बन्धी समस्याले पनि संघर्ष गरिरहन्छ ।

आँखा

जसको आँखाको देब्रेपट्टि कोठी हुन्छ, त्यस्ता व्यक्तिको दाम्पत्य जीवनमा बाधा उत्पन्न हुन्छ र पति–पत्नीबीच मनमुटाव हुन्छ ।

औंठी औँला 

सूर्य पर्वत अर्थात् औंठी औँलामा कोठी हुनु पनि शुभ होइन । सूर्य पर्वतमा कोठी हुने मानिसले आँखासम्बन्धी रोगको सामना गर्नुपर्ने हुन्छ । यसबाहेक उक्त व्यक्तिले धेरै झुटा आरोपको पनि सामना गर्नु पर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved