दीपेन्द्रसिंह ऐरी टी-२० विश्व वरीयताको अलराउन्डरको छैटौं नम्बरमा

नेपालभ्युज

दीपेन्द्रसिंह ऐरी टी-२० विश्व वरीयताको अलराउन्डरको छैटौं नम्बरमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी दीपेन्द्रसिंह ऐरी आईसीसीको टी-२० अलराउन्डर तर्फको वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

आईसीसीले जारी गरेको नयाँ वरियताअनुसार उनी तीन स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन् । जुन कुनैपनि नेपाली खेलाडी पुगेको अहिलेसम्मकै उच्च वरियता हो ।

ऐरीले जारी टी-२० विश्वकपमा औसत प्रदर्शन गरेका थिए ।

सो सूचीमा अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्षस्थानमा छन् भने श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो र बंगलादेशका सकिब अल हसन तेस्रो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved