रुस-उत्तर कोरियाबीच सुरक्षा सम्झौता : एक अर्काविरुद्ध आक्रमण भए सहयोग गर्ने

नेपालभ्युज

रुस-उत्तर कोरियाबीच सुरक्षा सम्झौता : एक अर्काविरुद्ध आक्रमण भए सहयोग गर्ने

काठमाडौं । रुस र उत्तर कोरियाबीच कुनै एकविरुद्ध आक्रमण भए अर्कोले सहयोग गर्ने सुरक्षा सम्झौता भएको छ ।

पुटिनलाई उद्धृत गर्दै रुसको सरकारी मिडियाले यसलाई ‘पारस्परिक सहयोग’ भएको उल्लेख गरेको छ । सम्झौतामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले हस्ताक्षर गरेका छन् ।

साथै, उनले रुसले युक्रेनमा गरेको हमलाको औपचारिक समर्थन गरेका छन् । यता, पुटिनले युक्रेनमा गरेको आक्रमणमा प्योङयाङको अडानलाई सार्वभौम नीतिको अर्को प्रमाण भएको बताए ।

पुटिन बुधबार उत्तर कोरिया पुगेका थिए । स्वागत समारोहपछि पुटिन र उनबीच वार्ता भएको थियो ।

करिब २४ वर्षपछि रुसका राष्ट्रपति उत्तर कोरिया पुगेका हुन् । यसअघि सन् २००० मा पुटिनले उत्तर कोरियाको भ्रमण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved