झिनो अंकले बढ्यो सेयर बजार

नेपालभ्युज

झिनो अंकले बढ्यो सेयर बजार
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव २७ अंकले बढेर २०७८ दशमलव ७६ को विन्दुमा पुगेको छ ।

बुधबार ३०८ कम्पनीका ४८ हजार ७ सय ६ पटकको कारोबारमा ७२ लाख ९ हजार ७ सय ५७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज १३ उपसमूहमध्ये ६ वटा बढेको छ भने ७ वटा घटेको छ । सर्वाधिक बढ्नेमा फाइनान्स कम्पनी रहेको छ भने घट्नेमा व्यापार र निर्माण कम्पनी रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ० दशमलव ५५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ० दशमलव १६ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव २३ अंकले बढेको छ ।

बुधबार सर्वाधिक कारोबार नेपाल फाइनान्स कम्पनीहरूको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved