खाडाँचक्रका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले दिए राजीनामा

नेपालभ्युज

खाडाँचक्रका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले दिए राजीनामा

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धिरबहादुर शाहीले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

काम गर्न सक्ने वातावरण नभएको भन्दै प्रवलजंग र लेधीरबहादुरले बुधबार राजीनामा दिएका हुन् । जनप्रतिनिधिको चर्को दबाबमा काम गर्न नसक्नेकोले राजीनामा दिएको उनीहरूको भनाइ छ ।

गैरकानुनी रूपमा भुक्तानी दिन बाध्य बनाउने, योजनामा काम गरेर खर्च गरिसक्ने समयमा योजना बाडफाँड गर्ने, बजेट र रकम बिनै आफ्ना कार्यक्रतालाई सिफारिस गर्न बाध्य पार्ने जस्ता कार्यहरू गर्न नसकिने बताउँदै राजीनामा दिएको धीरबहादुरले बताए ।

‘जनप्रतिनिधिले अन्तिममा आएर बजेटभन्दा बढि सिफारिसका लागि भुक्तानी दिन लगाउने काम भयो ।’ उनले भने, ‘हाम्रो पनि जागिरको सवाल छ । कानुनी रूपमा भुक्तानी दिन सकिदैँन ।’

असार मसान्तको बेला लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारीबाट बाहिरिएपछि उपभोक्तादेखि अन्य सेवाग्राही चर्को मर्कामा परेको वडा नं. ५ का वडाध्यक्ष प्रभानन्द आचार्यले बताए ।

‘उहाँहरूले किन राजीनामा दिनुभयो । हामीलाई थाहा भएन् ।’ उनले भने, ‘असार मसान्तमा लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले राजीनामा दिएपछि योजनाको भुक्तानी काम र कार्यालयका अन्य नियमित काम प्रभावित बनेका छन् ।’

नगरपालिकासँगको केही असझदारीका कारणले उनीहरूले राजीनामा दिएको हुनसक्ने उपप्रमुख गणेशबहादुर शाहीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved