गर्मीमा दाह्रीको स्याहार कसरी गर्ने ?

नेपालभ्युज

गर्मीमा दाह्रीको स्याहार कसरी गर्ने ?

एजेन्सी । कतिपय युवा बाक्लो तथा लामो दाह्री राख्न मन पराउँछन् । गर्मी मौसममा दाह्रीको हेरचाह गर्नु पनि एकदमै जरुरी हुन्छ । सही तरिकाले हेरचाह नगर्दा दाह्री झर्ने, संक्रमण बढ्ने, चिलाउने जस्ता समस्या हुन सक्छन् ।

हामी तपाईंलाई दाह्री सफा गर्न केही टिप्स बताउनेछौं-

गर्मीमा तपाईंले आफ्नो कपाललाई जसरी दाह्री तथा जुँगालाई पनि काँइयोले कोर्नुपर्दछ । यसले दाह्रीमा लगाएको क्रिम वा तेल प्राकृतिक रुपमा चारैतिर फैलिन्छ । जसले गर्दा त्यहाँको रक्तसञ्चार पनि राम्रो हुन्छ ।

दाह्रीलाई आफै वा सैलुनमा गएर ट्रिम गरिरहनु पर्दछ । यसले दाह्री हल्का पनि हुन्छ र तपाईंको लुक्स पनि परिवर्तन तथा राम्रो देखिन्छ ।

दाह्रीमा थोरै तेल लगाएर मालिस गर्नुहोस् । यसलाई पनि टाउकाको कपाललाई जसरी पोषणको आवश्यकता पर्दछ ।

समय समयमा दाह्री पूर्ण रुपमा सेभ पनि गर्नुपर्दछ । यसले दाह्री तथा जुँगा आउने छालामा हुने संक्रमणबाट जोगाउँछ । गर्मीमा पसिनाको कारणले ब्याक्टेरिया छिटो फैलन्छन् ।

फेस स्क्रब गर्न केटीलाई मात्र नभएर केटालाई पनि आवश्यक हुन्छ । यसले छालालाई भित्रैबाट सफा गराउँछ र पोर्स खुल्छन् । यसरी दाह्री तथा जुँगा पनि सुन्दर देखिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved