बच्चालाई भिटामिन डी सप्लीमेन्ट्स प्रभावकारी हुन्छ ?

नेपालभ्युज

बच्चालाई भिटामिन डी सप्लीमेन्ट्स प्रभावकारी हुन्छ ?

एजेन्सी । भिटामिन डी शरीरका लागि एकदमै जरुरी पोषक तत्व हो । यो भिटामिनले शरीरमा क्याल्सियम अब्जर्शनलाई राम्रो बनाउन सक्छ ।

हड्डी बलियो बनाउनका लागि पनि भिटामिन डी  जरुरी मानिन्छ । यसको कमी पूरा गर्न भिटामिन डी सप्लीमेन्ट पनि दिने गरिन्छ ।

विशेषज्ञका अनुसार यो सप्लीमेन्टले बच्चाको हड्डी बलियो बनाउँदैन । यो खुलासा हार्वर्ड स्कूल अफ पब्लिक हेल्थको एक रिसर्चमा भएको छ । भिटामिन डी सप्लीमेन्ट्सले बच्चाको हड्डीमा फ्याक्चरको खतरा पनि कम हुँदैन ।

त्यस्तै अध्ययनमा भिटामिन डी सप्लीमेन्ट्स बच्चालाई खुवाउँदा कुनै फाइदा नहुने पनि पत्ता लागेको छ । सोधकर्तालाई मान्ने हो भने सप्लीमेन्ट वयस्कमा मात्र प्रभावकारी हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved