केजरीवालको न्यायिक हिरासतको अवधि बढ्यो

नेपालभ्युज

केजरीवालको न्यायिक हिरासतको अवधि बढ्यो

काठमाडौं । दिल्लीको राउज एभिन्यू अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासतको अवधि ३ जुलाईसम्म बढाएको छ।

मुख्यमन्त्री केजरीवालको जमानत याचिकामा बुधबार तिहाड जेलबाट भिडियो कन्फरेन्समार्फत् सुनुवाइ भएको थियो।

ईडीले गत मार्चमा पक्राउ परेका केजरीवाललाई मदिरा घोटाला मामिलामा मुख्य षड्यन्त्रकारी भएको बताएको थियो।

ईडीले केजरीवाललाई १०० करोड रूपैयाँ मागेको आरोप लगाएको छ । तर, यो आरोपमा केजरीवालका वकिल गुप्ताले ईडीबाट मात्रै जवाफ खोज्नुपर्ने बताएका थिए ।

केजरीवाल आम चुनाव अघि पक्राउ परेका थिए । तर, सर्वोच्च अदालतले मे महिनामा चुनावी प्रचारका लागि केजरीवाललाई अन्तरिम जमानत दिएको थियो । पछि उनले जेलमा आत्मसमर्पण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved