उमेरसम्बन्धी विवादमा महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त

नेपालभ्युज

उमेरसम्बन्धी विवादमा महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त

काठमाडौं । उमेरसम्बन्धी विवादमा नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त भएका छन् । मंगलबार सेनाको ‘समरी सैनिक जनरल अदालत’ले मल्ललाई बर्खास्त गरेको हो ।

भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक अदालतले बर्खास्त गरेको हो ।

मल्ललाई सैनिक अदालतले बर्खास्त गरेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले बताए । मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका सैनिक सहचारीको रुपमा कार्यरत थिए ।

उनी न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा कार्यरत थिए । अमेरिकामै रहेको बेलामा उमेरसम्बन्धी विवाद परेको थियो ।

छानबिनका लागि भन्दैसैनिक मुख्यालय जंगी अड्डाले मल्ललाई स्वदेश बोलाएको थियो । उनी नेपाल फर्किएपछि सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सैनिक अदालत पुगेर उक्त मुद्दा टुंगो लागेको हो ।

मल्ल चार महिनाअघि मात्रै सैनिक सल्लाहकारका रुपमा न्यूयोर्क पुगेका थिए । उनको नागरिकता, शैक्षिक प्रमाणपत्रलगायतमा कैफियत देखिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved