वैधानिक तवरले रेमिटेन्स भित्र्याउनुपर्नेमा सरोकारवालाहरूको जोड  

नेपालभ्युज

वैधानिक तवरले रेमिटेन्स भित्र्याउनुपर्नेमा सरोकारवालाहरूको जोड  

काठमाडौं । रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप डिजिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

नेपाल राष्ट्र बैंकको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरूले रेमिटेन्सबाट अर्थतन्त्रमा परेको सकारात्मक प्रभावलाई ध्यानमा राखेर रेमिटेन्स सेवाको सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

सोमबार काठमाडौंमा सम्पन्न कार्यशालामा कार्यवाहक गभर्नर डा।निलम ढुङ्गाना तिम्सिनाले रेमिटेन्स आप्रवाह बढिरहेको र यसले अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र रेमिटेन्सलाई डिजिटाइजेसनमा लैजान सबैले पहल गर्नुपर्ने र त्यसका लागि राष्ट्र बैकंले  नेपाल मुद्रा विप्रेषक सङ्घसँग मिलेर सहकार्य गर्न तयार रहेको पनि कार्यवाहक गभर्नर ढुङ्गाना उल्लेख गरे ।

यसै गरी राष्ट्र बैंकको  विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेले रेमिटेन्स क्षेत्रका प्रतिस्पर्धी संस्थाहरूले एक आपसमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने र अनुमति पत्र समयमै नवीकरण गराएर कारोबार नियमिततापूर्वक गर्न आग्रह गरे ।

रेमिटेन्स क्षेत्रको विकास र सहजताका लागि राष्ट्र बैंक तयार रहेको पनि कार्यकारी निर्देशक घिमिरेले उल्लेख गरे । राष्ट्र बैंक, गैर—बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले राष्ट्र बैंकले निर्दिष्ट गरेका नियम कानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न रेमिटेन्स कम्पनीहरूलाई सुझाव दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved