ललितपुर महानगरको नीति तथा कार्यक्रम : सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने

नेपालभ्युज

ललितपुर महानगरको नीति तथा कार्यक्रम : सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रूपमा विकास गर्ने भएको छ ।

बुधवार महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यसबारेमा जानकारी गराएको हो ।

महानगरपालिकाले सङ्घीय र प्रादेशिक प्रहरीसँग नगर प्रहरीको समन्वयात्मक सहसम्बन्ध स्थापना गरी नगरवासीको सुरक्षा र गुनासा व्यवस्थापन गर्ने जनाएको छ ।

विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य र नवीनतम र सिर्जनशील क्रियाकलाप एवं कर सङ्कलन लगायतका कार्यमा आवश्यकता अनुसार नगर प्रहरीको प्रभावकारी परिचालन गर्ने र साइकल लेनमा पार्किङ्ग निषेध गर्ने व्यवस्था मिलाउने जनाएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरी बलमा संलग्न जनशक्तिको उत्प्रेरणा एवं मनोबल अभिवृद्धिका लागि आवश्यक व्यवस्था गर्ने र नगर प्रहरीको सेवालाई केन्द्रबाट प्रभावकारी रूपमा परिचालन गर्ने व्यवस्था मिलाउने बताए ।

विपद् सुरक्षा तथा व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना विकासका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई अनुकरण गर्ने गरी क्षमता विकास गर्ने उनले जानकारी दिए ।

संघ संस्था दर्ता, नियमन र अनुगमनलाई व्यवस्थित गर्ने, महिला तथा विपन्नवर्गको सशक्तिकरणका लागि कार्यक्रमहरू सञ्चालन गर्ने, वडास्तरीय÷टोल स्तरीय महिला समूह, एकल महिला÷पुरूष समूह, जेष्ठ नागरिक समूह, युवा समूह गठन, तथा सञ्चालनका लागि छुट्टै कार्यविधि जारी गर्ने बताए ।

यस्तै, दलितहरूको परम्परागत सीप तथा पेशालाई आधुनिकीकरण गर्दै स्वरोजगारमुखी बनाउन जोड दिइने, महानगर अन्तर्गत सञ्चालित कम्तीमा दुईवटा सामुदायिक विद्यालयलाई ‘क’ श्रेणीको विशेष सुविधायुक्त विद्यालय वा अन्य संस्थागत विद्यालयसँगको सहयोग तथा सहकार्यमा कार्यविधि बमोजिम नमूना विद्यालयको रूपमा सञ्चालन गर्ने महर्जनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved