झलनाथ खनालको रिट खारेज

नेपालभ्युज

झलनाथ खनालको रिट खारेज

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो ।

खनाल इलाम-१ प्रतिनिधिसभाको चुनावमा पराजित भएका थिए । उनी एमालेका महेश बस्नेतसँग पराजित भएका थिए ।

पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved