राष्ट्रिय फेन्सिङमा आर्मी च्याम्पियन

नेपालभ्युज

राष्ट्रिय फेन्सिङमा आर्मी च्याम्पियन

काठमाडौं । नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधवार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, २ रजत र ५ काँस्य जित्यो ।

नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली एपीएफ क्लब ५ स्वर्ण, ६ रजत र ५ काँस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बागमती प्रदेशले १ स्वर्ण, १ रजत र ६ कांस्य हात पार्‍यो ।

प्रतियोगितामा बागमती, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली आर्मी र एपीएफ गरी ६ टिमको सहभागिता रहेको थियो । बाँकी प्रदेशले स्वर्ण नजिते पनि पदकविहीन भने भएनन् । गण्डकीले २ रजत र ४ कांस्य, सुदूरपश्चिमले १ रजत र ३ कांस्य तथा कोशीले १ कांस्य जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा आर्मीका उपेन्द्र शाही र महिलामा एपीएफकी अनित कार्की उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाए ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अन्जन धमला, आयोजक फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १ सय १२ खेलाडीले १२ स्पर्धामा प्रतिष्पर्धा गरेको फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved