२०६८ मा कैद सजाय फैसला भएका प्रतिवादी पक्राउ

नेपालभ्युज

२०६८ मा कैद सजाय फैसला भएका प्रतिवादी पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । वैदेशिक रोजगार मुद्दामा  १४ महिना २० दिन कैद सजाय तोकिएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले ललितपुरको टिकाथलीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–५ घर भएका ४५ वर्षीय सन्तोष महर्जन रहेका छन् ।

महर्जनलाई काठमाडौँ जिल्ला अदालतले २०६८ सालमा  १ लाख ५० हजार जरिवाना र कैद हुने फैसला गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved