गृहमन्त्री लामिछाने र सिचुवानका उपगर्भनर हनविङ्गबीच भेटवार्ता

नेपालभ्युज

गृहमन्त्री लामिछाने र सिचुवानका उपगर्भनर हनविङ्गबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर ये हनविङ्गबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा   भेटवार्ता भएको हो ।

उक्त  भेटवार्तामा सुरक्षा क्षेत्रमा सामूहिक सहभागीता, विपद जोखिम न्यूनिकरण र पूर्वाधार क्षेत्रमाथि केन्द्रित वर्षौं पुरानो सम्बन्धमाथि छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  उपगर्भनर ये हनविङ्ग सुरक्षा सम्बन्ध मजबुत बनाउन र द्वीपक्षीय सहकार्य बढाउन सहमत भएका छन् । उनीहरुबीच विपद व्यवस्थापन सम्बन्धी सहमतिको कार्यन्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सुदृढ सीमा व्यवस्थापनका विषयमा विशेष छलफल भएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved