दक्षिण अफ्रिकाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

नेपालभ्युज

दक्षिण अफ्रिकाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकपअन्तर्गत बुधबारको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको छ ।

सुपर ८ को पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ७४ रनको योगदान दिएका थिए । उनले मात्र ४० बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए ।

३२ बलमा ४६ रन जोडेका कप्तान ऐडन मार्क्रमले चार चौका र १ छक्का प्रहार गरे ।

हेनरिच क्लासनले २२ बलमा ३६ रन तथा ट्रिस्टन स्टब्सले १६ बलमा २० रन जोडे ।

अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए । नेत्रभाल्करले ४ ओभरमा २१ रन खर्चिए भने सिंहले ४ ओभरमा २४ रन दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved