कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना, बाँकी भेगमा आंशिक बदली

नेपालभ्युज

कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना, बाँकी भेगमा आंशिक बदली

काठमाडौं । अहिले देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।

कोशी र मधेस प्रदेशमा पूर्णतया बदली भएको छ । बाग्मती र गण्डकी प्रदेशमा समान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेस प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाको अनुमान छ ।

राती पनि कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । काठमाडौंमा पछिल्लो २४ घण्टामा ४ दशमलव ९ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै  विराटनगरमा १३३ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved