आयोजक जर्मनी युरोकपको अन्तिम १६ मा प्रवेश, हंगेरी २ – ० ले पराजित

नेपालभ्युज

आयोजक जर्मनी युरोकपको अन्तिम १६ मा प्रवेश, हंगेरी २ – ० ले पराजित

काठमाडौं । युरो कप २०२४ मा आयोजक जर्मनी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा हंगेरीलाई २–० ले हराउँदै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । जमाल मुसियाला र इलकाय गुन्डोगानले जर्मनीका लागि समान १–१ गोल गरे ।

पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ को फराकिलो अन्तरले हराएको जर्मनीको २ खेलबाट ६ अंक भएको छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजित हंगेरी भने २ खेलमा अंकविहीन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved