‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

नेपालभ्युज

‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर ८ को पहिलो खेलमा अमेरिका पराजित भएको छ ।

दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित भएको हो ।

गएराति भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

दक्षिण अफ्रिका समूह डी बाट ४ खेलमा अपराजितका साथ अपराजित रहँदै सुपर ८ मा पुगेको थियो । अमेरिका ४ खेलमा २ मा जित, १ मा हार र १ खेल नतिजा विहीन हुँदा ५ अंकका साथ समूह ए बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको थियो ।

सुपर ८ मा आज दुई खेल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved