बढ्यो यूरो र कुवेती दिनारको मूल्य 

नेपालभ्युज

बढ्यो यूरो र कुवेती दिनारको मूल्य 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरो र कुवेती दिनारको मूल्य बढेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ८८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा रहेका छ ।

त्यस्तै, आज कतारी रियाल एकको मूल्य ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य सामान्य बढेर ४३६ रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved