लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

नेपालभ्युज

लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

काठमाडौं । लुम्बिनीमा बृहत् योग प्रदर्शनको आयोजना गर्दै अन्तर्राष्ट्रिय योग दिवस उत्सव मनाइएको छ ।

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा मिति २०८१ असार ६ गते भगवान् बुद्धको पूज्य जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना गरेको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय (थिम) ‘स्वयम् र समाजका लागि योग’ रहेको छ । लुम्बिनीका मुख्यमन्त्री जोख बहादुर महरा कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए । भने, लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारी र त्यसै क्षेत्रका ९०० जना भन्दा बढी योगमा अभिरुचि राख्नेहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved