पेट र टाँकमा लुकाएर ल्याएको १६ करोडको कोकिन बरामद

नेपालभ्युज

पेट र टाँकमा लुकाएर ल्याएको १६ करोडको कोकिन बरामद

काठमाडौं । प्रहरीले साढे ४ किलो लागूऔषध कोकिनसहित चार जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ परेकालाई बिहीबार सार्वजनिक गरेको हो ।

उनीहरुले क्याप्सुल निलेर पेटमा राखी र कपडाको टाँकमा लुकाएर कोकिन ल्याएको पाइएको प्रहरीले जनाएको छ । जसको बजार मूल्य १६ करोड नेपाली रुपैयाँ रहेको छ ।

जेठ २७ देखि असार ४ सम्ममा उनीहरुलाई पक्राउ गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved