टेलिकम कार्यालयमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

नेपालभ्युज

टेलिकम कार्यालयमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते
प्रतिकात्मक तस्वीर।

काठमाडौं ।  सर्लाहीको बरहथवा टेलिकम कार्यालयमा  करेन्ट लागेर एकको  मृत्यु भएको छ । बिहीबार बिहान बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लाग्दा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा मृतकका भाइ १९ वर्षीय आनन्द ठाकुर  रहेका छन्।

मृत्यु हुनेमा सोही नगरपालिका-१० बस्ने २१ वर्षीय आवोध ठाकुर रहेका छन् । उनी ज्याला मजदुरीमा काम गर्ने मजदुर हुन् ।

करेन्ट लागेर घाइते भएका दुवैजनालाई स्थानीय अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा दाजुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

आनन्दको उपचार भइरहेको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved