योजना आयोगको उपाध्यक्षमा डा साह नियुक्त

नेपालभ्युज

योजना आयोगको उपाध्यक्षमा डा साह नियुक्त

जनकपुर । मधेस प्रदेश सरकारले मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा सोहन साहलाई नियुक्त गरेको छ ।

बिहीबार मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् । साहले आजै पद तथा गोपनीयताको शपथ लिइ पदभार ग्रहण गरेका छन् ।

डा साह यसअघि जनमत पार्टी सरकारमा रहँदा नीति तथा योजना आयोगको सदस्य भएका थिए । जनमतले माघ ७ गते सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई वर्खास्त गरेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved