चार घण्टासम्म पनि नियन्त्रण आएन डेल्टा मार्टको आगलागी

नेपालभ्युज

चार घण्टासम्म पनि नियन्त्रण आएन डेल्टा मार्टको आगलागी

काठमाडौं । बुटवलको  डेल्टा कम्प्लेक्समा भएको आगलागी चार घण्टासम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

बिहीबार साँझ साढे ६ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल आयल निगमसहितका १३ वटा बारुणयन्त्र प्रयोग गरिएपनि राति १०:३५ सम्म आगलागी नियन्त्रणमा आउन नसकेको हो ।

चार तले उक्त  भवनको चौथो तलामा विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रहरीले अनुमान गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार चौथो तलाबाट सुरु भएको आगलागी भुइँतलासम्मै फैलिएको र कम्प्लेक्सभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved