भारतको सहज जित, अफगानिस्तान ४७ रनले पराजित

नेपालभ्युज

भारतको सहज जित, अफगानिस्तान ४७ रनले पराजित

काठमाडौं । आईसीसी टी –२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा भारतले अफगानिस्तानमाथि ४७ रनको जित हासिल गरेको छ ।

गएराति भएको खेलमा भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जद्रानले १९, गुलबद्दिन नैबले १७, मोहम्मद नाबीले १२ र ओपनर रहमनुल्लाह गुर्बजले ११ रन बनाए भने नुर अहमेदले १२ रन थपे ।

अफगानिस्तानविरुद्ध भारतका जसप्रित बुमराहले तीन विकेट लिए ।

चार ओभर बलिङ गरेका बुमराहे एक मेडन फ्याक्दै सात रन खर्चिए । अर्शदीप सिंह र कुलदीप यादवले समान दुई विकेट हात पारे । हार्दीक पन्ड्या र अक्षर पटेलले समान २ विकेट चट्काए ।

त्यअसघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारत समूह ‘ए’ को शीर्ष स्थानमा र अफगानिस्तान समूह ‘सी’ को दोस्रो स्थानमा रहँदै सुपर–८ मा पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved