बुटवलको व्यवसायिक भवनमा लागेको आगो मध्यराति नियन्त्रणमा आयो, करोडौंको क्षति

नेपालभ्युज

बुटवलको व्यवसायिक भवनमा लागेको आगो मध्यराति नियन्त्रणमा आयो, करोडौंको क्षति

काठमाडौं । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा हिजो साँझ लागेको आगो झण्डै ६ घण्टापछि नियन्त्रणमा आएको छ ।

साँझ साढे ६ बजेबाट लागेको आगो नियन्त्रण लिन लिन १५ वटा दमकल प्रयोग गरिएको थियो । आगलागीका कारण करोडौंको सामान जलेर नष्ट भएको छ । क्षतिको विवरण संकलन भइसकेको छैन ।

बुटवल उपमहानगरका २, आयल निगमका २, गौतमबुद्ध विमानस्थलको १, रामग्राम, सुनवल, सैनामैना, वाणगंगा, लुसा, गाउँपालिकाका गरी १५ दमकलले आगो निभाउन प्रयास गरेका थिए ।

कम्प्लेक्सका सबै तलामा करोडौंका समान भएको र सबै जलेकाले क्षतिको विवरण निकाल्न समय लाग्ने बताइएको छ । आगलागीको कारण यकिन नभएपनि विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ । डेल्टा कम्प्लेसको चौथो तल्लाबाट लागेको आगो पछि सबै तलामा सरेको थियो ।

डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक बिक्री बितरण हुने गरेको थियो । घना बस्ती र नजिकै रहेको पेट्रोल पम्प आगोबाट जोगाउन सकेकाले थप क्षति हुन पाएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved