आजदेखि काठमाडौंमा मेलम्चीको पानी नआउने, खानेपानीको समस्या चर्किने

नेपालभ्युज

आजदेखि काठमाडौंमा मेलम्चीको पानी नआउने, खानेपानीको समस्या चर्किने

काठमाडौं । वर्षाले नदीमा पानीको बहाव बढेपछि उपत्यकामा आपूर्ति भइरहेको मेलम्चीको पानी आजदेखि नआउने भएको छ ।

वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै पानी आपूर्ति बन्द गर्न लागिएको हो ।

मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै अम्बाथानस्थित मूलद्वार बन्द गर्ने तयारी गरिएको हो ।

मुख्य ‘हेडबक्समा पानी थिग्राउने संरचना बिग्रिएकाले आयोजना बन्द गर्नुपर्ने अवस्था आएको आयोजनाले जनाएको छ ।

आपूर्ति बन्द भएपछि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् ।

वर्षा कम भएपछि पुनः मेलम्चीको पानी उपत्यका पठाउन सुरु गरिने खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । परामर्शदाता र एसियाली विकास बैंक (एडीबी)ले मनसुनजन्य विपत्तिबाट आयोजनामा पुग्नसक्ने सम्भावित क्षति कम गर्न मेलम्ची बन्द गर्न सुझाव दिएको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकोमा अहिले आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ ।

काठमाडौंमा दैनिक ४३ करोड लिटर खानेपानीको माग रहेको छ । मेलम्चीको पानी बन्द भएपछि काठमाडौंमा खानेपानीको समस्या बढ्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved