भारतीय राजदूतावासले विभिन्न शहरमा मनायो योग दिवस

नेपालभ्युज

भारतीय राजदूतावासले विभिन्न शहरमा मनायो योग दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतको महावाणिज्य दूतावासले विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवसको १०औं संस्करण मनाएको छ ।

काठमाडौंसहित पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियासहित नेपालका १० वटा शहर र नगरपालिकामा शृंखलाबद्ध रूपमा विभिन्न कार्यक्रमको आयोजना गरेर योग दिवस मनाइएको हो ।

यस वर्षको “स्वयम् र समाजका लागि योग” भन्ने विषय (थिम) अनुरूप भारतीय राजदूतावासले मुख्य कार्यक्रम अगावै जेठ २५ गते काठमाडौंमा एउटा पूज्य पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन र अर्को माइती नेपालका चेलीहरूका लागि व्याख्यानसहितको प्रदर्शन गरी दुईवटा कार्यक्रमको आयोजना गरेको थियो ।

मानव चेतना र प्रकृतिबीच योगको भूमिका एक सेतुको रूपमा रहेको भन्ने कुरालाई जोड दिदैँ राजदूतावासले असार ५ गते पोखराको फेवा तालको किनारामा ४५० भन्दा बढी सहभागीहरूका लागि योग तथा ध्यान अभ्यासको आयोजना गरेको थियो ।

अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करणलाई समापन गर्न भारतीय राजदूतावासले मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा मिति २०८१ असार ८ गते सुन्दर लमजुङ जिल्लामा योग प्रदर्शन कार्यक्रमको आयोजना गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved