ग्राहकलाई शिक्षा बाँड्दै सम्पन्न भयो ग्लोबल आईएमईको वित्तीय साक्षरता कार्यक्रम

नेपालभ्युज

ग्राहकलाई शिक्षा बाँड्दै सम्पन्न भयो ग्लोबल आईएमईको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंकको बागमती प्रदेशअन्तर्गत शान्तिनगर शाखाले आफ्ना ग्राहकलाई शिक्षा बाँड्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक वर्षझैँ बैंकको शाखाले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ग्राहकहरुलाई वित्तीय साक्षरता भनेको के हो, यसभित्र के-कस्ता पक्षहरु पर्छन्, यसको महत्त्व के छ, पैसा कसरि जोगाउने, किन बचत गर्नुपर्छ लगायतका विषयमा जानकारी दिइएको थियो ।

त्यस्तै, नोटको जतन कसरी गर्ने, र नोटमा जथाभावी लेख्न तथा कोर्नु कानुनी रुपमा अपराध रहेको कुरा भिडिओ सामग्रीमार्फत् प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा दुई सय बढी साधारण खाता भएका ग्राहक, कर्मचारीहरु सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved