जबर्जस्ती यौनजन्य कार्यमा लगाउने स्पा सञ्चालक पक्राउ

नेपालभ्युज

जबर्जस्ती यौनजन्य कार्यमा लगाउने स्पा सञ्चालक पक्राउ

काठमाडौं । नाबालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा स्पा सेन्टरका सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा घर भएका ४२ वर्षीय रेशम गुरुङ र मखमली माया स्याङ्तान छन् । उनीहरुले ठमेलमा ए वान स्पा सेन्टर सञ्चालन गर्दै आइरहेका थिए ।

सोही स्पा सेन्टरमा नाबालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

स्पामा आउने ग्राहकसँग २ देखि ३ हजार रुपैयाँसम्म लिएर नाबालिकालाई यौनजन्यमा कार्यमा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

गुरुङको टोखामा पनि सनफ्लावर स्पा सेन्टर छ । त्यहाँ पनि गुरुङले पटकपटक जबर्जस्ती करणी गरेको नाबालिकाहरुको बयानमा उल्लेख छ ।

गुरुङले ग्रामिण क्षेत्रका नाबालिकलाई टिकटकमार्फत् सम्पर्क गरी ब्युटी पार्लरमा काम लगाइदिने प्रलोभनमा पारी काठमाडौं बोलाउने गरेका थिए ।

नाबालिकाहरुलाई अहिले उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved